२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकालाई ६२ बल बाँकी छँदै हराएर इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

England become the first team to qualify for the T20WorldCup 2024 semi-finals

काठमाडौं । साविक विजेता इङ्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एटको आफ्नो अन्तिम खेलमा आयोजक अमेरिकालाई आज १० विकेटको फराकिलो अन्तरले हराउँदै इङ्ल्याण्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जारी विश्वकपमा सेमिफाइनल पुग्ने इङ्ल्याण्ड पहिलो टोली हो । समूह २ मा रहेको इङ्ल्याण्ड चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा दक्षिण अफ्रिका ४ अंकसहित दोस्रो स्थानमा छ भने वेस्ट इन्डिज २ अंकसहित तेस्रो स्थानमा छ ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच सोमबार हुने खेलको विजेता सेमिफाइनलमा पुग्नेछ । ब्रिजटाउनमा ११५ रनको सामान्य लक्ष्य इङ्ग्ल्याण्डले ९.४ ओभरमा बिना कुनै क्षति पुरा गरेको थियो । इङ्ग्ल्याण्डको जितमा ओपनर जोस बटलरले ३८ बलमा ८३ रनको उत्कृष्ट इनिङ्स खेले । त्यसक्रममा उनले ७ छक्का र ६ चौका प्रहार गरे ।

उनले एकै ओभरमा पाँच छक्का प्रहार गरेका थिए । फिल सल्टले २५ रनको योगदान गरे । त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिका ६ बल अघि नै ११४ रन बनाएर अल आउट भएको थियो । इङ्ल्याण्डका क्रिस जोर्डनले ह्याट्रिकसहित ४ विकेट लिएपछि अमेरिका सस्तैमा प्याक भयो । जोर्डन विश्वकपमा ह्याट्रिक गर्ने इङ्ग्ल्याण्डका पहिलो बलर हुन् ।

 

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस