२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जमैकामाथि मेक्सिकोको कठिन जीत

काठमाडाैं | अमेरिकामा जारी कोपा अमेरिका फूटबल प्रतियोगितामा मेक्सिकोले विजयी शुरूवात गरेको छ । आइतवार बिहान टेक्सासस्थित एनआरजी रंगशालामा भएको खेलमा मेक्सिकोले जमैकामाथि १–० गोल अन्तरको कठिन जीत निकालेको हो ।

गेरार्डो अर्टेगाले खेलको ६९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । यस जीतसँगै समूह ‘बी’मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । हारसँगै जमैका अंकविहीन भएको छ । यसअघि आइतवार बिहान नै भएको खेलमा भेनेजुएलाले इक्वेडरमाथि पुनरागमन जीत निकालेको थियो ।

सान फ्रान्सिस्कोको लेभिज रंगशालामा भएको खेलमा १० खेलाडीमा सीमित इक्वेडरमाथि भेनेजुएलाले २–१ गोल अन्तरको पुनरागमन जीत निकालेको हो । खेलको २२ औँ मिनेटमै कप्तान इनर भ्यालेन्सियाले रातो कार्ड खाएपछि इक्वेडर १० खेलाडीमा सीमित बनेको थियो । यद्यपि, उसले खेलमा अग्रता भने बनायो । जेरेमी सर्मिन्टोले खेलको ४० औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर इक्वेडरले पहिलो हाफबाहेक त्यो अग्रता अन्तिमसम्म कायम राख्न सकेन । जोन्डर काडिजले ६४औं मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल फर्काए । त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल भेनेजुएलाले जित्यो । भेनेजुएलाले जीतबाट प्रतियोगिता शुरूवात गर्दै ३ अंक जोड्न सफल भएको हो । पराजित इक्वेडर अंकविहीन छ ।

 

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस