२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

इरान

९ असार, काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान प्रस्थान गरेका छन् । एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी संगठन ‘एसिया कोअपरेशन डाइलग एसिडीका विदेश मन्त्रीहरूका बैठकमा भाग लिन मन्त्री श्रेष्ठ इरान प्रस्थान गरेका हुन् ।

इरानको राजधानी तेहरानमा आजदेखि आयोजना हुने १९औँ बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ इरान प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ आगामी बुधबार स्वदेश फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस