२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतसँग बंगलादेश ५० रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को सुपर आठ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको छ । हार्दिक पाण्डेयाको अर्धशतकपछि नाडी स्पिनर कुलदीप यादवको कप्तानीमा बलरको बलियो प्रदर्शनले भारतले शानदार जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको भारतले मात्र पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जवाफमा बंगलादेशले २० ओभरमा आठ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो । भारतले अविजित यात्रा कायम राख्दै जारी विश्वकपमा लगातार पाँचौं खेल जित्यो। भारतीय टोलीले सुपर एट चरणमा लगातार दुई खेल जितेर सेमिफाइनलमा पुग्ने दाबी बलियो बनाएको छ । टोलीले अब यस चरणको अन्तिम खेलमा जुन २४ मा अष्ट्रेलियाको सामना गर्नेछ ।

 

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस