२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काेपा अमेरिका फुटबलमा पेरु र चिलीकाे बराबरी

काठमाडौं । कोपा अमेरिका फुटबलमा पेरु र चिलीले गोलरहित बराबरी खेलेका छन् । आज बिहान टेक्सासको एटी–एन्ड–टी स्टेडियममा भएको खेलमा पेरु र चिलीले बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बराबरीसँगै दुवै टोलीको १ खेलमा १ अङ्क भएको छ । पेरु समूह ‘ए’ को दोस्रो र चिली तेस्रो स्थानमा छ । यो समूहको शीर्ष स्थानमा साविक विजेता अर्जेन्टिना छ । हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो ।

१७ औँ संस्करणकाे प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियाेगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस