२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दिल्ली विमानस्थलमा नेपाल एयरलाइसको जहाजमा समस्या, यात्रुले धर्ना दिएपछि अर्को विकल्प खोज्दै

रुपन्देही । भारतको नयाँदिल्लीबाट काठमाडौंका लागि शनिबार साँझ आउन लागेको नेपाल एयरलाइन्सको जहाज समयमै नउडेपछि सेवाग्राहीहरु धर्नामा बसेका छन् । आफूहरुलाई समयमै कुनै पनि आधिकारिक सूचना नदिएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार दिउँसो ४ः२० मा २७० जना लिएर नेपाल आउने भनिएको नेपाल एयरलाइन्सको आरए २१८ जहाज प्राविधिक समस्या भन्दै ८ बजेसम्म पनि उड्न सकेको छैन ।

यात्रुले समयमा किन व्यवस्थापन गर्न नसकेको र आधिकारिक सूचना किन नदिएको भन्दै त्यहाँस्थित कार्यालयमा धर्ना दिएका छन् । यात्रु धर्नामा बसेपछि नेपाल एयरलाइन्सका दिल्लीस्थित कर्मचारीले पछिल्लो पटक साढे ९ बजे उडान हुने बताएपनि ढुक्क नभएको यात्रु चीरञ्जीवी पौडेल शर्माले बताए ।

‘प्राविधिक समस्या भए पनि हामीलाई समयमा जानकारी दिनुपर्छ, अन्य कुनै विकल्प सोच्नुपर्छ, ४ घन्टादेखि विमानस्थलमा बसेका छौं’, उनले भने, ‘बुढाबुढी, केटाकेटीसहित आएका यात्रु पनि छन् । रातिमा लगेर काठमाडौंमा पनि उस्तै समस्या हुन्छ, तर व्यवस्थापनले कुनै सन्तोषजनक जवाफ दिएन । उनले यहाँका कर्मचारीले प्राविधिक समस्या पनि के कस्तो समस्या हो, कति समय लाग्ने हो, विकल्पमा के गर्ने कुनै जवाफ नदिएपछि आफूहरु धर्नामा बसेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस