२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ’ : उपाध्यक्ष सापकोटा

८ असार , काठमाडौँ । पूर्व सभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ बृहत वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको जानकारी दिए । उनले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको दाबी गरे ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस