२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी धेरै छ’ : महामन्त्री गगन थापा

८ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका छन् । देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको उनको दाबी थियो ।

आज नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको ठूलो पार्टी भएकै कारण नेपाली कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी रहेको बताए । उनले भने, ‘आजको दिनमा कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो । देशको बारेमा चिन्तन गर्ने कांग्रेस बाहेक अरु कुनै पार्टी छैनन् । देशको एक राष्ट्रवादी पार्टी भएको कारण कांग्रेसको जिम्मेवारी पनि अरुभन्दा बढी छ । संविधानलाई जोगाउनु पर्ने बाध्यता छ । संविधानको अभ्यास गर्दा केही कमजोरीहरु देखिएका छन् । यसलाई संशोधन गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छन् ।’

प्रदेश सरकारलाई राजनीतिक दलहरुले हलुका रुपमा लिएकै कारण प्रदेशहरुमा अस्थिरता भएको बताए । संविधानको अभ्यास गर्दै जाँदा देशको निर्वाचन प्रणाली पनि कमजोर भइसकेको उल्लेख गरे ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस