२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘जातित्वले जीवन गुमाउनु परेको सरुको काल्पनिक प्रेम कथा’

-पुर्बको घाम अलि मलिन भएर उदायो । घामसँगै कति पहाडहरु पनि आँखामा आँशु राखेर बाहिरी देखावटी हाँसो हाँसे झै देखिन थाले । वरीपरीका दृश्य मृत्युको शोकमा डुबेको घर जस्तै देखिन थाल्यो । वेदना अँहँ कसै गरेर पनि मेटिएन । मेटाउने उपाय पनि के त ? यसको अन्तिम उपाय उहि थियो, सधैका लागी निदाउनु ।

मन भरीको पिडा बोकेर सधै बेहोसिमै बाँच्नु भन्दा यो सँसार छोड्नु राम्रो लाग्न थाल्यो सुमनलाई । तर एक मुठी श्वास उसको प्राणमा धड्किरहेको थियो । त्यहि धड्कनले भनिरहेको थियो, ‘सरु’ अब त यो सँसार छोड्ने पक्का भयो । सँगै काटेका दिन अब बिर्सने भए । तिमीले दिएका यि घडी, तिम्रो नामको आँठी, मलामीले जलाउने भए । तिम्रो न्यानो स्पर्शमा परेका मेरा यि हातका आँैला कतै मलामीले जलाउन बिर्से भने गिद्धको आहार हुने भए सरु । अनि आत्मा खै आत्माको कुनै झुकाव हैन सरु ।

यस्तै कुरा मनमा साँच्दै गर्दा सुमन सधैका लागी निदायो । गाउँमा बोलाउने नाम अम्मर सिँह श्रेष्ठ । तर नागरीकता र अन्य शैक्षिक क्षेत्रमा भने नाम बुङनु लेखिएको छ । नाम राम्रो हो । पहिले देशका खातिर योद्धाको पदवी । तर लेपन लाग्नु कुनै खास कारण बन्न सक्दैन ।
घर नजिकै एउटा ठुलो ईटा कारखाना । कारखानाको मालिक आँफै हो । कारखानाको काममा उसले कति पटक घाटा पनि खाएको छ । तर अहिले आफ्ना आफन्तले गर्दा राम्रो आम्दानी भएको कुरा ईटा किन्न जाने सबैलाई भन्ने गर्छ । बिषेशता धेरै छन् उसका । खाने कुरामा निकै मिठो चाहिने, जस्तो मान्छे उस्तै कुरा । आफ्ना कामदार प्रति निकै नै बफादार छ । दयालु मायालु अनि गल्तिमा आगो बन्न सक्छ ।
तर एउटा नराम्रो बानि उसमा गढित भएर बसेको छ । जुन हो प्रेम बिबाह । भोजपुरका एक बृद्धले दलित जातकी अधबैशेँ श्रीमती ल्याएको निहुँमा गाउँबाटै निकालीनु परेको पिडा, अनि उनीहरुलाई दिएको यातना सझिँदा अमर सिँहका आँखामा अहिले पनि आँशु आउँछन् ।
शरीर भरीको निलडाम हुने गरी पिटेर परको डाँडाबाट आफ्नै भाई भतिजाले लखेटेको अमर सिँहलाई हिजै जस्तो लाग्छ । तर समय दश वर्ष पर गैसके छ । यसैले पनि उ आफ्नो परीवार प्रति निकै चनाखो छ । आफ्ना छोराछोरी त्यसरी कुल घरानको ईज्जत जाने काम गदैनन् भन्दै रुढिवादी सोचलाई अगाल्दै मौन वार्ता गरीरहेको छ अमरसिह ।

एक दिनको कुरा हो, ईटा कारखानामा काम गर्ने मानिस कोहि भएन । तलवको किचलोले सबै जना काम नगर्ने भन्दै आफ्नै धन्दा गर्न थाले । तर ग्राहकको माग भटमा एक प्रतिशत पनि घटेको थिएन । गृष्म समय सबैलाई आफ्ना घर बनाउने चटारो थियो । गाउँको प्राय : एक मात्र कारखाना त्यहि हो । गाउँदेखी सहर सम्मबाट कति गा्रहक आएको राम्रो सँग देख्न सकिन्थ्यो । बुङनुको मन पोल्न थाल्यो । धनीहरु आधा पेट खाएर जिवनभर बस्न सक्छन् तर घाटा सहन सक्दैनन्, यो सत्य हो । गाउँमा पनि काम गर्ने मान्छे कोही छैनन् ।

गाउँ शुन्य अनि आश्रीतमय । सबै जना बिरानो मुलुकमा पिल्सिन गएका छन् । यसरी अचेलका गाउँ निराशामय बन्दै गएको छ । बुङनुको बिचार एक दिन फेरीएर आयो । गाउँको काम त्यसै छोडेर राख्नु भन्दा सहरमा पढ्दै गरेको छोरालाई बोलायने निर्णय गर्यो ।
उ आएपछि दूई जना भयो । अनि पुछार घरकी सरु पनि छे, केहि कति काम उसले पनि गर्छे, यसरी तिन जनाको अगुवाईमा कारखाना चलाउने निर्णय गर्यो । अनि बिहानको खाना खाँदै सुमनलाई फोन गर्यो । घामको राप ज्यादै कडा, एकै छिन बस्दा पनि डढाउलाकी भन्ने डर । त्यही रापमा ईटा पोल्नु कम्ति गारो थिएन । बिहानको पहिलो झिसमिसेको चराको आवाज सँगै बेलुकाको पहिलो घाम सम्म काम गर्नु पथ्र्याे ।

बुङनुको काम प्राय : बाहिरै हुन्थ्यो । ‘मालिक जस्तो मान्छे, सबैतिर मिलाउनै पर्छ, के गर्नु नगई नहुने’ यस्तो बोली सधैको भालेको डाँकोमा सुमनले नसुनेको पक्कै हैन । ”आज ईटा लिन मान्छै आउँदै छन् गाडीमा लोड गरीदिनु, पैशा मैले हिसाव गरीसकेँ, अनि सुन बाँसुरी मात्र बजाएर बस्ने हैन नि, भोली सम्ममा ५० हजार जति ईटा पोल्नु पर्छ उनिहरु भोलि नै लिन आउने रे ।” ‘ए साँच्ची सुन् त पुछार घरकी सरुलाई पनि लिएर जानु ।’ उसले पनि हाम्रो कारखानामा काम गर्छे , मैले हिजै भन्न लागेको बिर्से छु, ल म हिडे ” भन्दै गर्दा बाबाको आवाज मधुर बन्दै गयो ।

खै सरुको घर चिनेकै छैन, सानै बेलाको याद नै छैन, धेरै सहरीया भईएछ क्यार । आफ्नै गाउँका मानिस चिन्न छाडियो भन्दै मनमनै उसले धिकारी भावना ब्यतm गर्यो । अनि सधै जाने कारखानाको बाटो मोडेर सरुको घर तिर लाग्यो । सरु आगँन बढारीरहेकी थिई । कसिलो शरिर, ठुला आखा, भुई सम्म छुने कपाल, हातमा एउटा बाला अनि रातो कुर्ता लगाएर बढारीरहेको देख्दा जो कोहिले पनि भन्न सक्थे,भगवानले पनि मेहनतले बनाएका रहेछन् ।

जुन कुरा सुमनले एकै झल्कोमा सोचि सकेको थियो । आगँनको डिल माथिबाट हेरीरहेको सुमन सरुलाई बोलाउने आँट गर्दै छ । तर मुखबाट अँहँ एक वाक्य पनि फुट्न सकेनन् । सरुलाई बोलाउने आँट कसैगरे पनि आएन । अनि आँगनको डिलमा बस्यो र सधैँ झै बासुरी बजाउन थाल्यो ।

सधैभरी कारखाना बाट आउने धुन आज सरुको घर तिरबाट आईरहेको थियो । तर कसैले लख काटेनन् । बाँसुरीको मधुर स्वर सुनेर सबै जना बिह्वल भए तर सरुको मन पग्लिएन, उसले बोलाउ छे भन्ने आशा शुन्य भयो । सुमन केहि बोल्न सकेन । त्यसपछि मलिनता र भावुकता लिएर कारखाना तिर लाग्यो, तर दुबैको मन शान्त भएन ।

सरुको मनमा पनि कोतुहलता जागिसकेको थियो । भोली पल्ट बिहानै कारखाना जानै लाग्दा सरु बाटोमै भेटिई । यो पाली भने जिग्यासु तरीकाले ‘हिजो तपाईले बजाउनु भएको बाँसुरी कति मिठो थियो है मैले त हिजो चिन्नै सकिन’ भन्दै मुसुक्क हाँसि, सुमनले पनि केहि नबोली टाउको हल्लायो । उसले फेरी थपि ‘काठमाण्डौमा बस्नुहुने रैछ, हजुरको नाम सुमन ईटाकारखानाको मालिकको छोरा’ भन्दै हिजो बेलुका सरुका आमाले भनेका कुरा ह्वार्ह्वार्ति पोख्न थाली । ‘तिमी सरु है, हाम्रै कारखानामा काम गर्छौ क्यार’, ‘हो नि मैले काम गरेको कति भईसक्यो,’ ममीले काम मिलाई दिनु भएको,’ ”ए साच्ची हजुरलाई त मैले पोहोर दशैँमा देखेको थिए नि ।” ‘ए होर मलाई त याद नै भएन, अनि सरु कता हिडेकीनी ?” ‘ म त कारखाना तिर जान लागेकी’ सुमनलाई उत्तर आयो । ‘ए हो म पनि त त्यहि जान हिडेको’ , ‘उसो भए सँगै जानी’ भन्दै सुमनको हात समाई ।

अचेल सुमन र सरुका दिनमा एउटा सुनौलो बहार छाएकोे छ । घर देखी ईटा कारखाना अनि कारखाना देखी घर सम्म उनीहरुकै मायाको जालो फैलिएको छ । एकै छिन एक अर्कालाई नभेटदा नैराश्यताको जालोमा पर्न थालेका छन् । सगै काम गर्ने, खाजा खाने, सितल छहारीमा बसेर बाँसुरीको मधुर धुन सुन्ने दैनिकि जस्तै बनेको छ ।

यसरी सम्बन्ध निकै गहिरो बन्दै गईरहेको थियो । रुष्ट समाज अनि तिलाञ्जलि दिनु पर्ने यो जातित्व प्रतिको धारणा, दैनिक जसो सरु कहन्थि । उसो त सुमनको बुबा पनि यसमा कट्टर बिरोधी छन् । त्यसले पनि मायामा थप उराठी ल्याउन सक्थ्यो । ‘अब त साझँ पनि पर्न थाल्यो । जानि हैन सरु’ ? आँधीको बेग जस्तै गरी सुमन बोल्यो । अभाव, अतृप्तता र भोली सम्मको पखाई सम्झेर एक चोटी लामो श्वास तानि अनि यत्ति बोली ”आमाले गाली गर्नु हुन्छ जाउँ ।”

भोलीपल्ट पनि बिहानी पखको किरण पुरा नउदाउँदै ईटा कारखाना पुगीसकेका छन् । अचेल बिहानी खाजा पनि घरमा खादैनन् । दुबैको रोजाई उहि कारखाना बनेको छ । एकै छिन नछुट्टिने साथ कहिलेकाही काम बिशेषले बाहिर जाँदा सरुको यादमा बासुरी कति पटक बज्छन् थाहाँ छैन । कति छटपटाउछन् त्यो पानीबाट निकालीएको माछाले समेत जान्न सक्दैनन् । त्यसैले पनि प्रायः बाहिरी कामका लागी सुमनका बुबा नै जानु हुन्छ । यसरी सुमन र सरुको माया निकै प्रगाढ बन्दै गयो ।

आज सुमनको जन्म दिन, जन्म दिनमा घरभरी मानिस जम्मा भएका थिए । घरमा मिठा मिठा खाने कुरा पाक्दै थिए । गाउँका गन्यमान्यलाई सुमनका बुबाले हिजै खबर गरेकाले बिहान सम्ममा सबै आई सकेका थिए । सुमन पनि दौरा सुरुवाल र पाल्पाली ढाका टोपि लगाएर बाहिरको फलैचामा बसिरहेको थियो । पातलो र अग्लो मान्छ,े दौरा सूरुवालले झन् अग्लो देखायो अनि शिरको टोपी साच्चै आँखा नगढाउने कोही भएन । तर सुमनको आँखाले उहि दृश्य खोजिरहेको थियो । सरुको बोली अनि सरुको न्यानो स्पर्श ।

उसले आज बिहान बाट नै सरुलाई देखेको छैन । प्राय : सरुले लुकेर हेरेको पनि उसलाई थाहा छ । चारै तिर हेरयो, तर अँहँ सरुलाई पाउन सकेन । गाउँका सबैले उसलाई हेरे निकै फरक थियो ऊ । ‘आफ्नै जन्म दिनमा पनि खुसी नभएर के भयो तलाई हँ ?’ बाबाले भने । ”खै मैले पनि अगाीनै बाट बिचार गरीरहेकी छु , के भा होला ?” टोलाएर यताउति हेर्दै थियो’ । माख्ला घरे मनेकी बुढी बोली । यति भन्दा सम्म सबैको ध्यान सुमन तिरै तानियो । सबैले प्रश्न माथि प्रश्न गर्न थाले तर सुमन केही बोलेन । सबै जनाले खुसीयाली मनाउँदै घरमा पाकेका सबै कुरा घाटि तानि तानि निल्न थाले । सुमन पनि बाको नजिक बसेर खाईरहेको थियो ।

प्रत्येक गाँसमा सरुलाई नसम्झको हैन तर सबै कल्पना मात्र थिए । आँखा चिम्म गर्दा सरु । उहि सरु, सरु बिनाको एकै पल पनि अब बाच्न नसक्ने भईसकेको छ ऊ । बेलुकाको सात बजन थाल्यो । बिस्तारै घर शून्यतामा परिणत बन्दै गएको थियो । सबै आफन्त अनि ईष्ट,मित्र बिदा भएर गए । बिदा भएर जाँदा सबैले एउटै कुरा भने र गए । ”सुमनको बिहे पनि छिट्टै गर्नु पर्छ । केटी हामी आफै हेरौला’ , ईज्जतदार, खानदानीको घरको छोरी बिहे गर्नु पर्छ’ । हुन्न अमरे ? ” गाउँदेको कुरालाई बाले हुन्छ भन्दै टाउकको हल्लाए । सुमनलाई भने मनमा एउटा काँडा पसे जस्तै भयो ।

बेलुकाको साँढे सात बज्न केहि मिनेट मात्र बाँकी छदै सबै जना आआफ्नो घर तिर गए । बुबा पनि माख्ला घरे दाइसँग चुरोट तान्दै खै कता गए पत्तै भएन । अन्तिममा म एक्लै भए । मन खुसि भन्दा पनि भाँचिएको थियो । बिहान लगाको लुगाा फेर्ने जाँगर थिएन । मात्र एउटै पश्न मनमा आरर्यरहेको थियो । सरु मेरो जन्म दिनमा किन आईन ? सुमनको मन झन् पोल्न थाल्यो ।

अनि बाँसुरी लिएर पानि ल्याउने पधेरोतिर लाग्यो । पधेरीमा उसले मुख धोयो । राती भईसकेको थियो । मनभरीको पिडा कम गर्न उसले बाँसुरी बनाउन थाल्यो । बाँसुरीबाट निकै सुमधर आवाज आयो । गाउँमा निदाएका मानिस मलिनतासँगै झन् चर्कौ निन्द्रामा परे । तर सरु निदाएकी थिईन । उसलाई पनि भेट्न मन नभएको हैन तर बाध्यता उहि थियो । घरपरिवार । सरु बिनाको क्षण सुमनलाई शुन्य लाग्छ त्यो सरु जान्दथि, अनि त्यहि एक्लो पना हटाउनु बाँसुरी बजाको सरुको मनमा आगो झै फैलियो । बाँसुरीको धुन रोकिएको थिएन । सरु नजिकै छिन कि भन्दै तिनपल्ट बासुरीको धुन रोकिने गरेको पनि सरु जान्थी ।

तर सुमन माझ जाने आँट गर्न सकिन । रात निकै छिप्पियो । गाउँका सबैमस्त निन्द्रामा थिए । त्यहि समय पारी सरु बिस्तारे सुमन भए सम्म पुगी । आखाभरी आशु झार्दे सुमन बाँसुरी बनाइ रहेको थियो । यति सम्म लिन थियो कि आफ्नो सरु नजिकै आउँदा सम्म उसले पत्तो पाउन सकेन । सरु सुमनको नजिकै गई अनि गालासम्म आएको आँशु पुछ्न थाली । सुमन झस्कियो । तर आँखा भरी आँशु राखेर घडी र आफ्नै नाम लेखीएको आँैठी सुमनको हातमा राखिदिँदै एक हातमा माया गरी । सुमनको मन एक्कासी सरुलाई पाउँदा भक्कानि रह्यो । उसले आखा बन्द गरेर हिक्का छोढ्दै रुन थाल्यो । सुमनको रुवाईमा सरु चुप बस्न सकिन । दुबै जना धेरै बेर रोईरहे । सुमनले सरुको हात समायो अनि आखाँको आशु पुछ्दै बिहान नआएको कुरा गर्न भन्यो ।

”तल्लो जातको भयौ रे हामी, हामीले गर्दा तपाईको घर बिटुलो हुन्छ र’, हामीले छोएपछि भगवाज रिसाउन छन् रे ? हामी त काम गर्ने मात्र हो रे अनि, ‘अनि थाहा छ तै भर नबोलाको रे आमाले भन्नु भएको ।’ भन्दै सरु रुदै सरुको नजिकै गई । दुबै जना एउटै अँगालोमा एकछिन् बसि रहे । आँशुको मुल्य जान्नेलाई भगवाजले धैरै पिढा दिन्छन् भन्थे साँच्चै हो रहेछ । जुुन सरु र सुमनले पाईरहेका छन् । केहि समयको शुन्यतासँगै सरुले भनि ‘हेर्नु त तपाईको लागी सुहाँउने घढी अनि यि मेरो नामको आँैठी, यो औठीले तपाइको र मेरो साथ कहिल्यै टुट्टैन” भनेको सुन्दा फेरी आशु भरीएर आयो । तर सरुले थाहा पाउन सकिन । ‘थाहा छ , म्रैले किनेको ५ महिना भयो ।’ अस्तिनै दिने भनेको तर आटै आएन , अनि तपाईको जन्म दिनमा दिन राखेको लिनु ” भन्दै घडी र औठी माया जस्तै अट्ट् हुने गरी कहिले ननिक्लने गरी लगाई दिई ।
ज्याला मजदुरी गरेर कमाएको पैशा जम्मा गरेर सरुले मेरो लागी यति ठुलो उपहार दिई । मेरो बुबाले पनि नदिएको उपहार । रात निकै छिप्यिो, अब घर जानी हे, भोली उहि भेटौला सरुले आग्रह गरी । छुट्ने मन एक रत्ति थिएन तर बिबशता सुमनले पनी पुर्बतिरको उज्याले हेर्दै टाउको हल्लादै एक दिनको बिछोड सैर गर्न नसकेका उनीरु घर तिर लम्किए । आज बिहानै पानि परो । पानी परेकाले ईट्टा भट्टिका काम गर्न अलि गारो भयो ।

तर गाह्रो कामलाई सिजिलो बनाउन उहि एक थियो । सरुको लागी सुमन र सुमनको लागी सरु । दूई जना मिलेमा बगेको खोला पनि उल्टो बगाउन सक्ने आँट उनिहरुमा थियो । कारखाना खुला भएको दिन मात्र सुमन र सरुको भेट हुने भएकाले अचेल कारखाना बन्द गर्न नपाए हुन्थ्यो जस्तो लाग्छ दुबैलाई ।

आज पानी परेकाले खासै काम भएन । काम गरीहाले पनि सरु र सुमन छुटिटएको क्षण छैन । यति नजिक हुन्छन् कि उनिहरु मानौ एउटा ईटा बोक्न पनि दुर्ब जना दुई तिर समाउने गर्छन  । सायद अमर खेल खेलिरहेछन् । तर जातित्व , धर्म, गरीबीका कारण सरुको जिबन प्रति सुमन निकै सचेत छ । सरुको जिवन निकै कठिन छ थाहा छ उसलाई तर मन मार्ने छैन । जस्तो स्थितिमा पनि लडेर सामना गर्ने सोच बनाएको छ । दिन ..भरी पानी परेकाले मौसम सफा थियो । वरीपरी बादलका टुक्रा छरीएका थिए ।

आपसमा हात समातेर त्यहि बादल हेर्दै अनि भेल बाडीमा आएका गिटटीलाई खुटटाले हान्दै सदाको छुट्निे बाटोबाट आआफ्नो घर तिर लागे । घर पुग्नासाथ सुमनका बुबाले बिहेको कुरा गर्नुभयो । ‘सुमन यस्पाली बिहे गर्नु पर्छ, उमेर पनि भयो ।’ तेरो लागी राम्रा खानदानको केटी हेरेको छु, म भोली नै कुरा चलाउ छु ।’ बाबाले रिसालु तरिकाले भन्नु भयो । ”नाई यति छिटो बिहे नगर्ने ” बुवा प्रति प्रश्न दोहोरीयो । बाबा एक्कासि रीसाउनु भयो । ”मैले भनेको तैले मान्नै पर्छ भोली नै म कुरा चलाउँछु” भन्दै बुबा अर्काे कोठामा पस्नु भयो । बुबाले एक्कासी यस्ता कुरा किन गर्नु भयो मैले पत्तो पाउन सकिन ।

तर बिचार गरे सरुलाई सम्झिएँ । सरुसँगका मेरो सम्बन्ध थाहा भएर पो हो कि ? हैन होला दैखेको भए त सिधै भन्नु हुन्थ्थो नि ? यी र यस्ता प्रश्नहरु सुमनको मनमा खेल्न थाले । सरुसँगको बिहे उ स्वीकार्न तयार छ । तर सरुको बुबा र सुमनका परिवारले मान्ने कुरै थिएन । रात निकै गयो तर निन्द्रा परेन । बाबाले थाहा पाउनु भयो जस्तै छ । नत्र एक्कास ियस्ता कुरा किन गर्नु हून्थो भन्दै सरुलाई सम्झियो अनि कोल्टे फेर्यो ।

भोलीपल्ट सबेरै उठेर चिया नास्ता गरेर उहि कारखानाको दैनिकि तिर लीम्कयो । सधैभरी सरु अगाडी हुन्थी तर आज सुमन अगाडी भयो । सर्धै झैे सरु बसिरहेने त्यो ठाउँ खाली थियो । रातीका सितका थोलाई हैर्दे त्यहि माथि टुसुक्क बस्यो । बिहानको समय आधाआधी भयो तर सरु आइन । सूमन निराश बन्दै काम गर्न थाल्यो । साच्चै सरु बिनाको दिन लामो लाग्यो । सबै कुरा थाहा पाएर होला सरुलाई पनि पठाएनन् । ।
यसरी सरुले दिएको घडी एक अपल्ट हेर्यो । अनि बासुरी बजाउन थाल्यो । झण्डै बेलुकाको पाँच बज्ने समय भयो । उसलाई त्यो दिन अबेर सम्म बस्न मन लागेन । त्यसैले पनि उ साँझ नपर्दै घर फर्कियो । बाटोमा सरु आउँछिन कि भने बारम्बार बाँसुरी बजायो तर धुन आकाशमा गएर बिलायो तर सरु अँहँ आउँदै आईन । अचेल सुमन दैनिक एक्लो हुने गरेको छ । ईटाटटीको काम खस्केको छ , सुमनका बावाले पनि खै किन हो अचेल ब्यापार भन्दा पनि बिहेको कुरालाई जोड दिईरहेका छन ्।

अहिले सरु बिनाको जिवन पानी बिनाको घटट् जस्तै बनेको छ । कतिपल्ट बाँसुरीको धुन सँगै सुमन रोएको छ । धेरैदिन भई सक्दा पनि सरुको खबर नआउँदा कति पल्ट सरुको घर नगएको हैन तर सरुलाई भेट्नुको साटो गाली र बेईज्जति खाएर कति पल्ट फर्किएको तितो अनुभव उसको मनमा अनगन्ति छरीएको छ ।

सुमन सरुको घर नगएको हैन,सरु घरमा छैनन् । कहाँ गएकी हो आफन्तहरु भन्नै मान्दैनन् । मनमा असह्य पिडा थपिएको छ । दिनभरी उहि सरुको सम्झनामा दिनहरु कटिरहेका छन् । सरुको पर्खाईले करिव एक महिना बित्यो । तर सरु आईन् ।

एक दिन घर जाँदै थिएँ,बाटोमा निकै ठुलो खोला थियो । त्यहि खोलामा नुहाउने रहर भयो । नुहाउँदै गर्दा कसैको लुगा मेरो नजिक पानीले ल्यायो । हेरे, सरुले लाउने गरेको कुर्था रहेछ । मन आत्तियो । खोलाको कुनै प्रबाहनगरी बगेर आएको ठाउँतिरै लागेँ । केहि माथी सरुको शव भेटियो । मैले मन सम्हाल्नै सकिन । अर्धबेहोसिमै उनलाई अँगाल्लो हाल्न पुगेँ । पानी पर्दै थियो । खोलाको बहाव पनि बढीरहेको थियो । सरुको मृत्युपछि बाच्ने शक्तिनै मरेर गयो । सुरुको शव सँगै खोला तर्दै गर्दा ठुलो बाढीले बगाएर कहाँ लग्यो पत्तै भएन । सुमन हराएको खबर गाउँभरी फिँजिएको छ । सबै ठाउँमा खोजिसकेका छन् तर कतै भेटिएन ।

सरु पछि सुमन पनि सधैँको लागी निदायो । हरेक जातको भ्रमबाट मुक्त होऔं र ‘जात जोगाउन’ मान्छेको हत्या होइन, मान्छे बचाउन ‘जात’ को हत्या गरौं।

जातित्वका कारण सुमनसँग बिहे गर्न नदिने घरपरिवारको अडानपछि सरुले यो कदम उठाएको प्रस्ट हुन्छ । परिवारलाई सम्झाउन सकेनन् अथवा बुझ्न सकेनन्,यहि कुरा उनीहरुको परिवारमा खट्किरह्यो ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस