२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युरोकप फुटबलमा अस्ट्रियासँग हार्‍यो पोल्यान्ड

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणअन्तर्गत शुक्रबार राति खेलिएको खेलमा अस्ट्रियाले पोल्यान्डमाथि ३–१ गोलको सजिलो जित हात पारेको छ । खेल सुरु भएको नवौँ मिनेटमै अस्ट्रियाका लागि गेरनट ट्राउनरले पहिलो गोल गरेका थिए ।

निर्धारित समयको ३०औँ मिनेटमा पोल्यान्डका क्रिस्तोफ पितेकले जवाफी गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि खेलको दोस्रो हाफमा अस्ट्रियाले दुई गोल थप्यो ।

अस्ट्रियाका लागि दोस्रो गोल ६६औँ मिनेटमा क्रिस्टोफ बुमगार्टनरले गरेका थिए । अस्ट्रियाका लागि तेस्रो गोल भने ७८औँ मिनेटमा मार्कोले पेनाल्टीमार्फत गरेका थिए । अस्ट्रिया प्रतियोगिताको समूह ‘डी’ मा रहेको छ । अस्ट्रियाको जितसँगै तीनवटा टोलीको अंक तीन–तीन पुगेको छ । एक–एक खेल खेलेका नेदरल्यान्ड्स र फ्रान्सको पनि तीन–तीन अंक छ ।

पोल्यान्ड भने आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । अस्ट्रियाको भने यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा अस्ट्रियाको टोली फ्रान्ससँग पराजित भएको थियो ।

 

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस