२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोपा अमेरिकाको पहिलो खेलमा क्यानडामाथी अर्जेन्टिनाको शानदार जित

Argentina beat Canada in the first match of the Copa America

काठमाडौं । कोपा अमेरिका २०२४ को पहिलो खेलमा अर्जेन्टिनाले जित हासिल गरेको छ । नेपाली समयाअनुसार शुक्रबार बिहान ५ः४५ बजे भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई दुई-शून्यले हराएको हो । खेलको ४९ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो गोल गरे । म्याक एलिस्टरले दिएको पासलाई कुनै ढिलाई नगरी उनले जाली चुमाए । ८८ औं मिनेटमा लियोनेल मेस्सीको पासमा लाउटारो मार्टिनेजले अर्को गोल थपे ।

८४ औँ सिजनको कोपा अमेरिका २०२४ मा १६ टिम ४ समूहमा विभाजित छन् । समूह ‘ए’ मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा छन् । ग्रुप ‘बी’मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका, ग्रुप ‘सी’मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया तथा ग्रुप ‘डी’मा ब्राजिल, कोलोम्बिया, पारागोय र कोस्टा रिका छन् । अर्जेन्टिना कोपा अमेरिकाको साविक विजेता हो भने वर्तमानमा विश्व च्याम्पियन हो ।

अमेरिकाका १४ ठाउँमा म्याचहरू हुनेछन् । उपाधि भिडन्त १५ जुलाइमा हुने छ । नेपालमा भारतीय टीभी च्यानलबाट कोपा अमेरिकाका म्याचहरू हेर्न पाइन्छ । सोनी स्पोर्ट्स नेटवर्कसँग कोपा अमेरिका प्रशारण अधिकार छ । मोबाइलमै हेर्नका लागि सोनी लिभको एप किनेको हुनुपर्छ ।

 

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस