२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुटवल मिलनचोकको डेल्टा मार्टमा भीषण आगलागी

६ असार, बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । बिहीबार साँझ साढे ६ बजेतिर लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । डेल्टा मार्टमा स्टेशनरी सामग्री, कपडा, स्कुल कलेजका तयारी पोशाक, जुत्ता र खेलकुदका सामानको थोक र फुटकर बिक्री हुने गरेको छ ।

 

 

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस