२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको यो विश्व कीर्तिमान तोड्न विश्वकै बलरका लागि असम्भव

काठमाडौं । सोमबार सेन्ट भिसेन्टमा बंगलादेशको टोलीबीच भएको खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले इतिहास रचेका छन् । नेपालका यी स्पिनर टी–२० ढाँचामा सबैभन्दा छिटो १०० विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । पहिलो हुन एक खेलमा मात्र धोका खाएका थिए ।

यस खेलमा नेपालका घातक स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिए । योसँगै उनले ठूलो कीर्तिमान पनि बनाएका छन् । वास्तवमा उनी टी–२० ढाँचामा सबैभन्दा छिटो १०० विकेट लिने बलर बनेका छन् । उनले ५४ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । योसँगै अफगानिस्तानका स्टार स्पिनर राशिद खान पहिलो स्थानमा छन् ।

उनले ५३ खेलमा यो उपलब्धि हासिल गरेका थिए । दक्षिण अफ्रिकासँगको खेलमा सन्दीपले यो रेकर्ड बनाएका थिए भने राशिदसँग बराबर हुन्थे । यो सूचीमा एक नाम पाकिस्तानका फास्ट बलर हरिस रउफको पनि छ, जसले ७१ खेलमा १०० विकेट पूरा गरेका छन् । ५३औं वा ५४औं खेलमा नै यो उपलब्धि हासिल गर्न विश्वकै बलरलाई मुस्किल छ ।

टी–२० ढाँचामा सबैभन्दा छिटो १०० विकेट लिने विश्वका बलरहरु
५३ खेल – राशिद खान (अफगानिस्तान)
५४ खेल – सन्दीप लामिछाने (नेपाल)
६३ खेल – वानिन्दु हसरंगा (श्रीलंका)
७१ खेल – हरिस रउफ (पाकिस्तान)

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस