२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अष्ट्रेलियामा केकी अधिकारीसँगै ‘बोक्सीको घर’ को ५१ दिने सेलिब्रेशन

अष्ट्रेलिया । वैशाखको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्समा ५१ दिन मनायो । यो फिल्मले ५१ दिनको सेलिब्रेशन गर्दै गर्दा नायिका केकी अधिकारी भने अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा रहेकी केकीले फिल्मको ५१ दिने सेलिब्रेशन गरेकी छिन् ।

उनले, केक काट्दै फिल्मले ५१ दिन मनाएको खुशी साटेकी हुन् । साथै, सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै उनले फिल्मले ५१ दिन मनाएको भन्दै सबैलाई धन्यवाद समेत दिएकी छिन् । अष्ट्रेलियाको एक हलमा यो फिल्मको विशेष शो आयोजना गरिएको थियो । सोही शोको समयमा केकीले दर्शकहरुसँग बसेर केक काटेकी हुन् ।

सुलक्षण भारतीले निर्देशन गरेको यो फिल्मले बक्स अफिसमा १० करोड माथिको व्यापार गरेको दाबी निर्माताको छ । फिल्ममा केकी अधिकारीको साथमा रमा थपलिया, सुलक्षण भारती, सुपला सापकोटा लगायतका कलाकारको अभिनय छ ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस