२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाल्पा र मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

३ असार, पाल्पा । पाल्पा र मकवानपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

गए राति करिब ८ बजेतिर परेको चट्याङले उनलाई लागेको हो । घरमै बसिरहेका बेला चट्याङले लागेको थियो । गम्भीर घाइते पन्तलाई उपचारका लागि जिल्लाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा राति सवा १० बजे तिर चिकित्सकले मृत घोषणा गरेका श्रेष्ठले बताए। पाल्पा अस्पतालमा शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ ।

यस्तै मकवानपुर राक्सिराङ गाउँपालिका २ थुम्की का ४५ को वीरबहादुर प्रजा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ लाग्न गई घाइते भएका थिए । उनलाई आज बिहान पौने ८ बजे हेटौडा अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस