२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप २०२४ को सुपर-८ मा पुग्ने सबै टोलीको टुङ्गो : यी हुन् ८ टोली

T20 World Cup 2024 super 8

३ असार, काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ को सुपर-८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । सुपर ८ को ग्रुप-१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप-२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।

समूह ए बाट भारत ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । पाकिस्तानलाई सुपर ओभरमा हराउनु अमेरिकालाई निर्णायक बन्यो । पाकिस्तान ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।

समूह बी बाट अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो । इंग्ल्यान्डले नेटरनरेटमा स्कटल्यान्डलाई पछि पारेकोथियो ।

समूह सी मा अफगानिस्तान र वेष्टइण्डिजको ६–६ अंक छ । यी दुई टोलीबीच अन्तिम खेल मंगलबार हुनेछ । समूह डी मा दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहदै सुपर–८ मा पुग्यो । नेपाल भने समूह डी मा ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस