२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बलिङमा बहादुरी देखाएपनि बंगलादेशसँग कप्तानसहित शीर्ष क्रमका ब्याट्सम्यान फ्ल्प हुँदा पराजय

काठमाडौं । सन् २०२० को अण्डर १९ विश्वकपको विजेता, भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, इङ्ल्याण्ड जस्ता विश्व विजेता हराएर इतिहास रचेको बंगलादेशलाई हराउँदै नेपालले इतिहास रच्ने अवसर गुमायो । पहिलो इनिङ्समा शक्ति राष्ट्रलाई हम्मे-हम्मे बनाएको नेपालको दोस्रो (इनिङ्स) अर्थात ब्याटिङ फ्लप भयो ।

मात्र १०७ रनको लक्ष्य पछ्याउन आएको नेपाली टोलीले खास केही देखाउन सकेन । नेपालको शीर्ष क्रम नै फ्लप साबित भयो। टोलीलाई पहिलो झटका नौ रनको स्कोरमा लाग्यो। कुशल भुर्तेललाई तान्जिम हसन सकिबले बोल्ड गरेका थिए । उनले चार रन मात्रै बनाउन सके ।

यस खेलमा कुशल मुल्ल र दीपेन्द्र सिंह ऐरी बाहेक कुनै पनि ब्याट्सम्यानले २० रन भन्दा बढी व्यक्तिगत स्कोर बनाउन सकेनन् । बंगलादेशविरुद्ध आसिफ शेखले १७ रन, अनिल शाहले शून्य रन, रोहित पोडेले एक रन, सन्दीप जोराले एक रन, कुशल मुल्लले २७ र दीपेन्द्रले २५ रन बनाए । गुलशन झा, सोमपाल कामी, अविनाश बोहोराले कुनै रन बनाउन सकेनन् । सन्दीप लामिछाने मैदानमा प्रवेश गरेपनि एक बलपनि खेल्न पाएनन् ।

नेपालले यति शक्तिशाली टीमलाई १९.३ ओभरमा अलआउट गरेर मात्र १०६ रनमा सिमित गरेको थियो । नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेलले २–२ विकेट लिएका थिए । बलिङ राम्रो भएपनि ब्याटिङमा टिक्न नसक्दा नेपालले इतिहास रच्न चुक्यो ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस