२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अस्ट्रेलियालाई स्कटल्यान्डले दियो १८१ रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले अस्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो ।

यसअघि नै सुपर एटमा पुगिसकेको अस्ट्रेलियालाई हराउँदै स्कटल्याण्ड पनि सुपर एटमा पुग्ने लक्ष्यमा रहेको छ । यो खेलमा अस्ट्रेलिया विजयी भएमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर एटमा पुग्ने छ । समूह चरणको अन्तिम खेलमा नामेवियालाई पराजित गरेको इंग्ल्याण्ड अहिले अस्ट्रेलिया र स्कटल्यान्डको खेलको नतिजा कुरेर बसेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डको सुरुआत राम्रो नभए पनि मिडिल अर्डरका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अस्ट्रेलियालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो । स्कटल्यान्डले पहिलो विकेट ३ रन हुँदा गुमाएको थियो । उसका मिचेल जोन्स व्यक्तिगत २ रन बनाएर आउट भएका थिए । त्यसपछि जर्ज मुन्से र ब्रान्डन म्याकमुलेनले ८९ रनको साझेदारी गर्दै अघि बढाए । मुन्से २३ बलमा ३५ रनको पारि खेल्दै म्याक्सवेलबाट आउट भएका थिए । मुन्सेले ३ छक्का र २ चौका प्रहार गरे ।

ब्रान्डनलाई साथ दिन रिचे बेरिङटन आएका थिए । ११.२ ओभरमा टिमको स्कोर १११ रन हुँदा तेस्रो विकेट गुमेको थियो । यसबीचमा ब्रान्डनले ३४ बलमा ६० रनको अर्धशतकीय पारि खेलेर विदा भए । उनले ६ छक्का र २ चौका प्रहार गरेका थिए । ब््रान्डनलाई एडम जाम्पाले पाखा लगाएका हुन् ।

यसैगरी १४.३ ओभरमा १३६ रन हुँदा म्याथ्यु क्रस १८ रन बनाएर आउट भए । उनले ११ बलमा समान एक छक्का र चौका प्रहार गरेका बेला म्याक्सवेलले आउट गरेका थिए । टिमले १६.५ ओभरमा पाँचौँ विकेट गुमाउन पुग्यो ।

यतिबेला स्कटल्यान्डको स्कोर १५२ रन पुगेको थियो । पाँचौँ विकेटको रुप्मा मिचेल लिस्क ५ रन बनाएर पभेलियन फर्किए । अन्तिमसम्म क्रिजमा कप्तान रिचे बेरिङटन डटेका थिए । उनले ३१ बलमा नटआउट ४२ रन बनाउँदा २ छक्का र १ चौका प्रहार गरे । क्रिस ग्रेभ्सले १० बलमा ९ रनको नटआउट पारि खेले । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चिएर २ विकेट हात पारे । यस्तै, एस्टन अगरले ४ ओभरमा ३९ रन दिएर १ विकेट हात पार्दा नाथन इलिसले ४ ओभरमा ३४ रन खर्चिएर १ विकेट लिए । त्यसैगरी एडम जाम्पाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए ।

 

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस