२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाण्डौमा ३५ वर्षयताकै धेरै गर्मी !

२ असार , काठमाण्डौँ । काठमाण्डौमा उपत्यकामा हिजो यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको जेठ १७ गते काठमाण्डौको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।

मौसविद मीनकुमार अर्यालका अनुसार यसअघि २०४६ साल वैशाख २५ गते काठमाण्डौको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । ३५ वर्षपछि काठमाण्डौमा हिजो सबैभन्दा धेरै गर्मी भएको हो । ६ दिनअघि पूर्वबाट भित्रिएको मनसुन अझै मध्य र पश्चिम क्षेत्रसम्म नफैलिएकाले काठमाण्डौसहित पश्चिमी क्षेत्रमा गर्मी बढेको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । मनसुन पूर्वबाट बिस्तारै पश्चिमतिर सर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस