२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन

१ असार, काठमाडौँ । काठमाडौँको माइतीघरमा आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि वार्ता समिति गठन गरिएको उहाँको सचिवालयले जनाएको छ । उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक नीरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समितिले खानसँग सम्पर्क गरी शनिबार नै वार्ता गर्ने तयारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रबार खानसँग भेटघाट गरेका थिए । खान निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाही र सुमदरानी थारूको बलात्कारपछि हत्या आरोपितलाई कारबाही गर्न माग राख्दै माइतीघरमा अनशन बस्दै आएकी छन् । उनी ८ दिनदेखि अनशनमा छन् ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस