काठमाडौं । झारखण्डको लातेहारमा रहेको राँची–सासाराम इन्टरसिटी एक्सप्रेसमा आगलागी भएको खबर सुनेपछि धेरै यात्रुले रेलबाट हाम फालेका छन् । जसका कारण धेरै यात्रुलाई मालगाडीले ठक्कर दिएको छ । यस घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै एम्बुलेन्स पनि घटनास्थलमा पुगेको थियो । कयौं मानिस घाइते भएको आशंका गरिएको छ ।
ट्रेनमा आगलागी भएको हल्ला फैलियो
जानकारी अनुसार सासाराम–राँची इन्टरसिटी एक्सप्रेस कुमाण्डिह स्टेशन नजिक पुगेपछि ट्रेनमा रहेका एक यात्रुले आगो लागेको हल्ला फैलाए । त्यसपछि यात्रुहरुबीच भागदौड मच्चिएको थियो । कयौंले ट्रेनबाट नै हामफाले । यो अवस्थामा कयौं हताहत भएका छन् । धेरै मानिसहरू डरले ट्रेनबाट भाग्न थाले। यही क्रममा विपरित दिशाबाट आएको मालगाडीले केहीलाई ठक्कर दिएको थियो । जसका कारण चार जनाको मृत्यु भएको छ । कैयौं घाइते भएको खबर छ ।
दुर्घटनापछि रेलवे अधिकारीहरू सक्रिय
तर, यो घटनामा कति जना घाइते भएका छन् ? यसबारेमा स्पष्ट जानकारी अहिले आइसकेको छैन । यसबारे प्रशासनले जानकारी पाएलगत्तै सबैजना घटनास्थलमा पुगेर उद्धार कार्य सुरु भएको छ । घाइतेहरुलाई तत्काल अस्पताल लगिएको छ । यो दुर्घटनापछि स्टेशनमा उपस्थित यात्रुहरूबीच अत्यास भएको छ । यस रेल दुर्घटनापछि रेलवे अधिकारीहरू हतारिएर घटनास्थलमा पुगेका छन् । रेलवे प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको देखिन्छ ।