२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बर्षाले खेल रद्द हुँदा भाग्यमानी हुँदै अमेरिका सुपर ८ मा : विश्वविजेता पाकिस्तान बाहिरियो

काठमाडौं । टी–२० विश्वकपमा बर्षाका कारण अमेरिका र आयरल्याण्डबीच खेल रद्द हुँदा भाग्यमानी सावित हुँदै अमेरिका सुपर ८ मा पुगेको छ । लाउडरहिलमा हुने खेल भारी बर्षाका कारण एक बलपनि नखेलि रद्द भयो । यो खेल नभएसँगै अमेरिकाले एक अंक थपेर आफ्नो स्थान सुपर ८ मा निश्चित गरेको छ ।

पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । विश्वविजेता पाकिस्तानले आगामी एक खेल त्यसै खेल्नुपर्नेछ । यो समूहबाट अमेरिका र भारत सुपर ८ मा प्रवेश गरेका छन् । अपराजित यात्रासँगै भारत ६ अंक जोडेर सुपर ८ मा पुगिसकेको छ । अमेरिका ५ अंक जोडर दोस्रो हुँदै सुपर ८ मा पुगेको छ । पाकिस्तानको २ अंक मात्र छ । आगामी खेल जितेपनि ४ अंक मात्र हुनेछ । त्यस्तै आयरल्याण्डले भने यसअघि लगातार दुई खेलमा हार बेहोरेर बाहिरिने निश्चित छ ।

 

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस