२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दक्षिण अफ्रिकाका प्रमुख बलर रबाडाले भने, सन्दीप लामिछाने ‘मिस्ट्री स्पिनर’ हामीलाई गाह्रो छ

सेन्ट भिन्सेन्ट । दक्षिण अफ्रिकाका प्रमुख बलर कगिसो रबाडाले नेपाललाई हल्का रुपमा नलिने बताएका छन् । उनले नेपाली लेग स्पिनर सन्दीप लामिछानेका बारेमा पनि प्रतिक्रिया दिएका छन् । नेपालसँग खेल्नु अघिको पत्रकार सम्मेलनमा आत्मविश्वासी देखिएका रबाडाले नेपाललाई हल्का रुपमा नलिने बताए ।

रवाडाले अघिल्ला खेलमा जस्तै नेपालविरुद्ध अझै राम्रो खेल्न चाहेको उनले बताए। समूह चरणको अन्तिम खेलमा अर्को जितका लागि आफूहरुले तयारी गरिहेको उनले बताए । ‘यो अर्को एउटा अन्तर्राष्ट्रिय म्याच हो र हामी यसलाई हलुकारुपमा लिँदैनौं । हामी प्रतियोगितामा जसरी खेलिरहेका छौं, त्यही वा त्योभन्दा राम्रो क्रिकेट खेल्न प्रयास गर्नेछौं ।’

रवाडाले नेपाली टीमले कस्तो क्रिकेट खेल्छ भन्ने बारेमा धेरै थाहा नभएको स्वीकारे । उनले भने, ‘इमान्दारीपूर्वक भन्नुपर्दा मलाई त्यति धेरै थाहा छैन, तर हाम्रो एनालिस्टहरु छन् । र, हामी ले आफ्नो गृहकार्य गर्नेछौं । हामी पटक्कै हल्कारुपमा लिने छैनौं ।’

रवाडाले नेपालका स्पिनर सन्दीप लामिछानेबारे पनि बोले । सन्दीप विरुद्ध खेल्न सहज नहुने उनको प्रतिक्रिया छ । ‘सन्दीप मिस्ट्री स्पीनर हुन् । यस्तो मिस्ट्री स्पिनरलाई खेल्न गाह्रो हुन्छ । तर, हाम्रो टीम उनको बलिङ सामना गर्न तयार छ ।’ उनले भने ‘यो प्रतियोगितामा धेरै रन बनिरहेको छैन, त्यसमा एउटा बलरको रुपमा म निकै रमाइरहेको छु । उनले वेस्ट इन्डिजको पिचमा बलर र ब्याटर दुवैलाई मौका रहेको पनि बताए । एशोसियट टिमहरुको प्रतिनिधित्वले क्रिकेट एउटा विश्वव्यापी इभेन्ट बन्दै गएको उनले बताए । ’

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस