२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

जेठ ३२, काठमाण्डौँ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

धादिङ र चितवनको सिमानामा शुक्रबार बिहान एउटा कारसँग ठोक्किएर बस त्रिशुलीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

बिहान ७ बजेर १५ मिनेटमा इच्छाकामना गाउँपालिका वडा न ३ फिस्लिङ र मोवाखोला बिच सडकमा नेपालगन्जबाट काठमाडौ तर्फ आउदै गरेको भे १ ख ४०६२ नको रात्री बस र काठमाडौबाट मुग्लिङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२९ च ३७२० न को कारले ओभरटेक गर्ने क्रम मा बिपरित दिशा बाट आउदै गरेको बस सङ्ग ठोक्किएर दुर्घटना हुदा बस त्रिशुली नदिमा खसेको हो । कारको चालक गम्भीर घाइते छन् भने बसमा सवार केही यात्रुहरु सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस