२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप क्रिकेटः सेन्ट भिन्सेन्ट पुगेर सन्दीप लामिछानेसँगै नेपाली टोली जुट्यो अभ्यास खेलमा

काठमाडौं, जेठ ३२ । आइसिसी टि–२० विश्वकप क्रिकेटको समूह चरणको‌ आफ्ना अन्तिम दुई खेलका लागि सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोलीले अभ्यास गरिरहेको छ । अभ्यास खेलमा स्पिनर सन्दीप लामिछानेसहित नेपाली टोली जुटेका छन् ।

यसैबीच नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीपले पछिल्लो केही महिना प्रतिस्पर्धात्मक क्रिकेट नखेले पनि लामो समयदेखि व्यवसायिक क्रिकेट खेलिरहेका कारण टिमलाई असर नगर्ने प्रि(म्याच कन्फ्रेन्समा बताएका छन् । अमेरिकी दुतावासले सन्दीपलाई‌ भिसा नदिएपछि उनले विश्वकपका सुरुवाती खेल गुमाएका थिए । सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिकाबीच नेपाली समय अनुसार भोली बिहान सबा ५ बजे खेल हुनेछ ।

नेपाल सुपर ८ पुग्नका‌ लागि अन्तिम दुई खेल जित्नैपर्ने अवस्थामा रहेको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासग अंक बाँड्न पुग्यो । यो समूहबाट छ अंकसहित दक्षिण अफ्रिका सुपर ८ मा पुगिसकेको छ । बंगलादेशको चार अंक छ । नेदरल्याण्ड्स दुई अंक तथा नेपालको एक अंक छ । एक अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस