२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बंगलादेशसँग नेदरल्याण्ड्स हारोस् भनेर नेपाली क्रिकेट प्रेमी धूप हाल्दै

काठमाडौं । टी–२० विश्वकपमा आज बंगलादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुने छ । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नैपर्ने दबाब छ । नेपाल रहेको समूहका यी दुबै देशमा नेपाल हराउने नेदरल्याण्ड्स हारोस् भन्ने नेपाली क्रिकेट प्रेमीको कामना छ । नेदरल्याण्ड्स बंगलादेशसँग हारेमा र नेपालले दक्षिण अफ्रिका र बंगलादेश हराएमा नेपाल सुपर ८ मा पुग्नेछ ।

यसअघि यी दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

समूह डीबाट दक्षिण अफ्रिकाले ३ खेलमा तीनवटै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल वर्षाले रद्द भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको सुपर ८ पुग्ने सम्भावना लगभग सकिएको छ । नेपालले भने अब दुई खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस