२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ताप्लेजुङको सिसेवा खोलामा भिषण बाढीले पुल बगायो, सडक अवरुद्ध !

३१ जेठ , काठमाण्डौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकको सिसँवा खोलामा आएको बाढीले पुलहरु बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ ।

वर्षासँगै आज बिहान आएको बाढीले पुल बगाएको स्थानीयले जानकारी दिएका छन् । सिसेवाले बगाएर ल्याएको ढुङ्गा, माटो र गेग्रेनले तमोर नदीमा समेत ड्याम बनाएको वडाध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिएका छन् ।

पाथीभरा मन्दिर छेउबाट बहने खोलामा लेकमा पानी पर्दा पनि बाढी आउने गरेको छ । पानी पर्नेक्रम जारी रहेकाले रोकिएपछि मात्रै यातायात सञ्चालन, विद्यालय नियमितता लगायतका विषयमा छलफल गर्ने वडाध्यक्ष लिम्बू बताउँछन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस