काठमाडौं । गहिरो निद्रामा रहेका आठ जना सदाका लागि निदाए । शव देखेर अहिले सबैको मन आँसुले भरिएको छ । हरदोई जिल्लामा दिनभरको मिहिनेत गरेर कुनै न कुनै रूपमा बाँच्न सफल भएका नाट समुदायका परिवारका १० जना राति आफ्नो झुपडीमा सुतेका थिए । झुपडी भित्र धेरै गर्मी थियो । त्यसैले बिस्तारै सबै परिवारले आफ्नो झुपडी अगाडि ओछ्यानहरु बनाए ।
राति हल्का हावा चल्दा दिनभरको मिहिनेतले थाकेका मानिसहरू शान्तपूर्वक गहिरो निन्द्रमा परे । मध्यरातमा उनीहरुको निन्द्रा झनै गहिरो भयो । अत्याधिक गर्मी छल्न घर बाहिर हावामा सुतिरहेका उनीहरु माथी मृत्युले बज्र प्रहार गरे झै एकै पटक गर्यो । त्यसपछि तिनीहरू सदाको लागि सुते। सामुदायिक स्वास्थ्य केन्द्रमा एकैसाथ आठजनाको शव देखेपछि सबैको मन दुख्यो ।
दिउँसोसम्म चिच्याएको आवाज रोकिएको थिएन । मल्लवानको उन्नाव सडकमा सडक छेउमा सुतिरहेका एक परिवारलाई बालुवाले भरिएको ट्रकले किच्दा जिल्लाभर शोकाकुल बनाएको छ । अवधेश आफ्नी श्रीमती र छोरा-छोरी (विवाहित छोरी र उनका पति उनीहरुकापनि छोराछोरी) सँग बस्दै आएका थिए । यो परिवार नै सकिएको छ ।
सीओ पनि केही क्षण भावुक देखिए
अवधेशकी छोरी हिरो विगत तीन महिनादेखि श्रीमान् करण र दुई सन्तान कोमल उर्फ बिहारी र बिट्टुसँग मल्लवनमा बस्दै आएकी थिइन् । मंगलबार राति अचानक भएको घटनाले यो परिवार कै अपुताली पार्यो । घाम उदाएपछि समाजले हेर्दा एउटा परिवार सदाका लागि सकिएको थियो। सीओ बिलग्राम सुनिल शर्माले आफ्नो निरीक्षणमा सीएचसीमा राखिएको शवको मुचुल्का लिए र केही क्षण उनीपनि भावुक देखिए ।
चिच्याउने मौका पाएनन्
घटना हुँदा सबैजना सुतिरहेका थिए । एक्कासी बालुवाले भरिएको ट्रक कुद्दा ट्रकमुनि दबिए । कोही बालुवाको थुप्रोमा पुरिए । घटनामा घाइते भएका बिट्टुले पनि कराउने मौका पाएनन् । बालुवाले छोपिएका उनले बालुवा खनेर फ्याल्दै गर्दा आफ्नो हात बाहिर निकाले । यसरी मानिसहरूले उनी जीवित भएको थाहा पाए। उनलाई उद्धार गरेर तत्कालै अस्पताल लगियो । अरुले पनि चिच्याउने मौका पाएनन् ।