२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल र श्रीलंकाबीचको खेल स्थगित, तर श्रीलंकाभन्दा माथी नेपाल !

काठमाडौं । नेपाल र श्रीलंकाबीचको खेल स्थगित भएको छ । पहिलो पटक विश्व च्याम्पियन श्रीलंकासँग खेल्ने नेपालको अवसर गुमेको छ । यद्यपी एक–एक अंक बाँडेसँगै समूहमा नेपाल श्रीलंकाभन्दा माथी रहँदै तेस्रो स्थानमा रहन सफल भएको छ ।

आईसीसी टी–२० विश्वकपको २३औं खेल अन्र्तगत अमेरिकाको फ्लोरिडामा तय भएको खेल भीषण बर्षाका कारण स्थगित भएको हो । निर्धारित समयभन्दा केही ढिला बर्षा रोकिएपनि भारी बर्षाले मैदान भरिएका कारण खेल हुन नसक्ने निर्णय आयोजकले लिए ।

ठूलो संख्यामा मैदानमा उपस्थित भएका समर्थकहरुलाई दुबै देशका खेलाडीहरुले हात हल्लाउँदै अभिवादन गरेर सम्मान गरे । नेपालका कप्तान रोहित पौडेलसहितका टोलीले मुस्कानसहित सबैलाई अभिवादन गरेर सम्मान व्यक्त गरे । यद्यपी दुबै टोली खुशी थिएनन् । श्रीलंकाका लागि सुपर ८ मा जान यो खेल जित्नैपर्ने अवस्था थियो । साथै कुनै बेलाको विश्व च्याम्पियन श्रीलंकालाई समेत हराएर नेपालले आफूलाई बलियो सावित गर्ने मौकापनि गुमायो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस