२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानडामाथी पाकिस्तानको ७ विकेटको जित

Pakistan Vs Canada

काठमाडौं । टी–२० विश्वकप २०२४ को २२ औं खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले सुपर–८ को दौडमा आफूलाई कायम राखेको छ । यो जितसँगै बाबर आजमको टोलीको नेट रनरेटमा सुधार भएको छ । अहिले पाकिस्तानको नेट रन रेट ं०.१९१ भएको छ। योसँगै टोली २ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ ।

पाकिस्तानले आफ्नो अर्को खेल आयरल्याण्डसँग खेल्नुपर्नेछ । यो खेल १६ जुनमा लाउडरहिलमा हुनेछ । यो खेलमा पाकिस्तानले कुनै पनि हालतमा ठूलो अन्तरले जित्नुपर्नेछ । भारत चार अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । योसँगै अमेरिका चार अंकसहित दोस्रो स्थानमा छ । जुन १२ मा दुवै टोली भिड्नेछन् ।

न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको उक्त खेलमा क्यानडाले आरोन जोन्सको अर्धशतकीय इनिङ्सको मद्दतले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो । जवाफमा पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर १०७ रन बनायो । जसमा मोहम्मद रिजवानको अविजित ५३ रनको इनिङ्स थियो । जारी प्रतियोगितामा पाकिस्तानको यो पहिलो जित हो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस