२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१०७ रनको लक्ष्य पछ्याउन उत्रियो पाकिस्तान, रिजवान–साम अयुब ओपनर

Pakistan Vs Canada

काठमाडौं । क्यानडा र पाकिस्तानबीचको खेल चलिरहेको छ । क्यानडाले दिएको १०७ रनको लक्ष्य पूरा गर्न पाकिस्तान ब्याटिङमा उत्रिएको छ । रिजवान–साम अयुब ओपनरको रुपमा खेलिरहेका छन् । पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे ।

आज पाकिस्तानले इफ्तिखार अहमदलाई बाहिर राखेको छ । उनको स्थानमा साम अयुबलाई मौका दिइएको छ । सुपर एटमा पुग्ने पाकिस्तानको सम्भावना अब क्यानडा र आयरल्याण्ड विरुद्धको ठूलो जितमा निर्भर हुनेछ। अहिलेसम्मका दुवै खेलमा पाकिस्तानले हार ब्यहोरेको छ । केही आशा कायम राख्ने हो भने आजको खेल ठूलो अन्तरमा जित्नैपर्छ ।

पाकिस्तानलाई १०७ रनको लक्ष्य छ
पाकिस्तानले क्यानडालाई १०६ रनमा सीमित गर्यो । यसरी पाकिस्तानले यो खेल जित्नका लागि १०७ रन जोड्नुपर्नेछ । तर, राम्रो नेट रन रेटका लागि उसले न्यूनतम ओभरमा यो लक्ष्य हासिल गर्नुपर्नेछ। यो प्रयास गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस