२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतसँग हारेपनि फेरि भिड्न आउनेगरी पाकिस्तानको क्यानडासँग उत्कृष्ट प्रर्दशन

Pakistan Vs Canada

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा अहिले पाकिस्तान र क्यानडाबीच खेल भइरहेको छ । गर या मरको अवस्थामा रहेको पाकिस्तानले उत्कृष्ट बलिङ गरेको छ । अब पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना क्यानडा र आयरल्यान्डविरुद्धको ठूलो जितमा निर्भर हुनेछ । यसैले यही मेहनत गरिरहेका छन् ।

भारत र अमेरिकासँग पराजित भएपनि फेरि सुपर आठमा पुग्न पाकिस्तानले चमत्कारीक प्रर्दशन गरेको छ । १० ओभरमा ५ विकेट लिएर क्यानलाई मात्र ५५ रन दिएको छ । खेल हेर्दा पाकिस्तानले ठूलो जित निकाल्नेछ । तर पाकिस्तानलाई यत्तिले पुग्दैन । अमेरिकाले भारत र आयरल्यान्डसँगको खेलमा नराम्ररी हार ब्यहोर्नुपर्छ ।

यस्तो अवस्थामा दुवै टोलीको चार–चार अंक हुनेछ र राम्रो नेट रन रेटका आधारमा निर्णय हुनेछ । पाकिस्तानी टोलीले तथ्याङ्क आफ्नो पक्षमा रहोस् भनेर मात्र प्रार्थना गर्न सक्छ। दुई जितपछि अमेरिकाको नेट रन रेट ०.६२६ छ र आयरल्यान्ड विरुद्धको जित उसका लागि पर्याप्त हुनेछ।

उही समयमा, पाकिस्तानको नेट रन रेट -०.१५० छ जुन निराशाजनक हो । जसका कारण उसले जितेर होइन ठूलो अन्तरले जित्नुपर्नेछ। अहिलेसम्म दुवै खेलमा २००९ को च्याम्पियन त्यति बलियो देखिएनन् जति उ कुनै समय चर्चित थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस