२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकपमा भोलि नेपाल र भारतका खेल बर्षाले प्रभावित हुने

In the World Cup tomorrow, the match between Nepal and India will be affected by rain

काठमाडौं । भोलि आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल र भारतका लागि अति महत्वपूर्ण खेल हुँदैछन् । अमेरिकाको फ्लोरिडास्थित लडरहिलमा रहेको सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियममा बिहान ५ः१५ मा नेपालले पहिलो पटक श्रीलंकासँग भिड्नेछ ।

बेलुका ८ः१५ मा छिमेकी भारतले आयोजक अमेरिकासँग भिड्नेछ । भोलि नै बिहान ६ः१५ बजे अस्ट्रेलिया र नामिबियाबीच खेल हुनेछ । भारत र अमेरिकापनि दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

मौसमविदका अनुसार नेपालले श्रीलंकासँग र भारतले अमेरिकासँग खेल्दा पानी पर्ने सम्भावना छ । भारत र अमेरिकाको खेल हुने समय ६ प्रतिशत सम्भावना रहेको छ भने नेपाल र श्रीलंकाको समय २१ प्रतिशत छ ।

यद्यपि यो प्रतिशत कम हो तरपनि अमेरिकाको मौसम विश्वास गर्न सकिँदैन। पाकिस्तानविरुद्ध भारतको खेलअघि वर्षाको सम्भावना पाँच प्रतिशत हुने अनुमान गरिएको थियो । खेलको क्रममा बेलाबेलामा पानी परेको थियो ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस