२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्री लामिछानेविरूद्ध रिट : उजुरीसहित सीआईबीको प्रतिवेदन झिकाउन आदेश

२८ जेठ , काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरूद्वको रिटमा थप प्रमाण र काजगात झिकाउन आदेश दिएको छ ।

आज न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश दिएको हो ।

अदालतले गृहमन्त्रीको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्र र सहकारी ठगीमा निर्दोष रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री लामिछानेले संसद्‌मा दिएको अभिव्यक्तिको भिडियोसमेत पेस गर्न पनि आदेश दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस