२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले असम्भवलाई सम्भव बनायो, अन्तिम दुई ओभरको चमत्कारले पाकिस्तानलाई ६ रनले हरायो

काठमाडौं । भारतले असम्भवलाई सम्भव बनाएको छ । अन्तिम दुई ओभरको चमत्कारले पाकिस्तानलाई ६ रनले हराएको छ । रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको भारतीय टोली १९ ओभरमा ११९ रनमा समेटिएको थियो । जवाफमा पाकिस्तानी टोली निकै बलियो स्थितिमा देखिएको थियो । एक समय १४ औं ओभरमा पाकिस्तानको स्कोर तीन विकेटमा ८० रन थियो । यसपछि खेल उलटफेर भयो ।

रिजवान–शादाब बाहिरपछि पाकिस्तानका लागि मुस्किल सुरु भयो । जसप्रित बुमराह १९ औं ओभरमा बलिङ गर्न आए । जम्मा तीन रन दिएर इफ्तिखारको विकेट लिए । २० औं ओभरमा पाकिस्तानलाई जितका लागि १८ रन आवश्यक थियो । तर, अर्शदीपले मात्र ११ रन दिएर इमाद वासिमको विकेट लिए । यसरी टीम इन्डियाले असम्भवलाई सम्भवमा परिणत गर्‍यो। टीम इण्डियाको हार निश्चित देखिए पनि बुमराह(अर्शदीप, सिराज र हार्दिकको तेज बलिङ क्वार्टरले भारतलाई जित दिलायो।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस