२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले पाकिस्तानलाई दियो १२० रनको सहज लक्ष्य, रविन्द्र जडेजा र बुमराह शुन्यमा आउट !

काठमाडौं । टी–२० विश्वकप २०२४ को १९ औं खेलमा आज चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतीय टोली १९ ओभरमा ११९ रनमा सिमित भयो । टस हारेर पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीको ब्याटिङ निकै कमजोर रह्यो । शीर्ष क्रम, मध्य क्रम, सबै असफल भयो। अन्तिम ओभरमा पुच्छार ब्याट्सम्यानले दिएको केही रनका कारण भारत ११९ रनमा पुग्न सफल भयो ।

रोहित शर्मा १३ रन, विराट कोहली चार रन, अक्षर पटेल २० रन, सूर्यकुमार यादवले ७ रन, शिवम दुबे तीन रन बनाएर आउट भए, हार्दिक पाण्डे ७ रन बनाएर आउट भए । रविन्द्र जडेजा र जसप्रित बुमराहले खाता खोल्न सकेनन् । सोही क्रममा अर्शदीप सिंह ९ रन बनाएर रनआउट भए । सिराज सात रन बनाएर अविजित रहे । भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए । उनले ३१ बलको आफ्नो पारीमा ६ चौका प्रहार गरे । पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले ३–३ विकेट लिए । भने मोहम्मद आमिरले दुई विकेट लिए । शाहिन अफ्रिदीले एक विकेट लिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस