२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यानडाले आयरल्याण्डलाई हरायो

Canada lost to Ireland

काठमाडौं । कम स्कोरिङ खेलमा बलरको उत्कृष्ट प्रदर्शनको आधारमा समूह ए को खेलमा आयरल्याण्डलाई १२ रनले पराजित गर्दै क्यानडाले टी–२० विश्वकप २०२४ मा पहिलो जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको क्यानडाले निकोलस किर्टनको ४९ रनको बलमा २० ओभरमा सात विकेट गुमाएर १३७ रन बनाएको थियो ।

जवाफमा आयरल्यान्डले निर्धारित ओभरमा सात विकेट गुमाएर १२५ रन मात्रै बनाउन सकेको थियो । आयरल्यान्डको खराब सुरुवातपछि जर्ज डकरेल र मार्क एडेयरले सातौं विकेटका लागि ६२ रनको साझेदारी गरे पनि अन्त्यमा उनीहरुको प्रयास असफल भयो । क्यानडाले आयरल्यान्डलाई अपसेटमा पराजित गर्यो ।

यो टी–२० विश्वकपमा आयरल्याण्डको दुई खेलमा यो दोस्रो हार हो र समूह ए को पुछारमा छ । अर्कोतर्फ क्यानडाको टोलीले दुई खेलमा एक जित र एक हारमा दुई अंक जोडेको छ । अन्तिम ओभरमा आयरल्याण्डलाई १७ रन चाहिएको थियो र क्यानडाका लागि गोर्डन बलिङमा आए। उत्कृष्ट फर्ममा रहेका एडेयरलाई दोस्रो बलमा गोर्डनले आउट गरे। गोर्डनले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै चार रन मात्र दिए।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस