२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ब्याटिङ गरिरहेका बेला भारतका कप्तान रोहित शर्मा रिटायर्ड हर्ट

काठमाडौं । विश्वकप टी२० मा भारतले पहिलो खेल आयरल्याण्डसँग खेलिरहेको छ । यो खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा भइरहेको छ ।

१० ओभरमा भारतले एक विकेट गुमाएर ७६ रन बनाएको छ । रोहित शर्माले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको ३० औं अर्धशतक ३६ बलमा पूरा गरेका छन् । तर, ओभर सकिए लगत्तै उनी फिजियोसँगै मैदानबाट बाहिरिए । रोहित रिटायर्ड हर्ट भएका छन् । केही ओभरअघि उनको हातमा बल लागेको थियो ।

सायद यही कारणले उसलाई पीडा भएको छ । यस्तो अवस्थामा उनले चोटका कारण मैदान बाहिरिने निर्णय गरे । अहिलेसम्म दुखाई र चोट को गम्भीरताका बारेमा कुनै विशेष जानकारी छैन। रोहितको स्थानमा सूर्यकुमार यादव ब्याटिङमा आएका छन् । खेल जारी छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस