२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई चौथो सफलता, अविनाश बोहोराले लिए विकेट

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका सोमपाल कामीले उत्कृष्ट विकेट लिएर पहिलो सफलता दिलाएका थिए ।

दीपेन्द्र सिंह ऐरीले दोस्रो सफलता दिलाए । सोमपालले नै दोस्रो विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाए । चौथो विकेटको रुपमा अविनाश बोहोराले १५.२ ओभरमा स्कॉट एडवर्ड्सलाई आउट गरे । सोमपाल कामीले १.२ ओभरमा नेदरल्याण्ड्स माइकल लेविटलाई आउट गरे । ऐरीले राम्रो ब्याटिङ गरिरहेका विक्रमजीत सिंहलाई ८.२ ओभरमा आउट गरे ।

सोमपालले नै १३.१ ओभरमा म्याक्स ओडॉडलाई आउट गरे । म्याक्सले ३५ बलमा ३३ रन बनाएका थिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले अहिले १५.३ ओभरमा ४ विकेट गुमाउँदै ८१ रन जोडेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस