२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल १०६ रनमा आलआउट

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर नेदरल्यान्ड्सलाई १०७ रनको सहज लक्ष्य पेस गरेको हो । ओपनर आसिफ शेख र कुशल भुर्तेल आउट भएपछि आएका अनिल साह आउट भए । त्यसपछि कुशल मल्ल आउट भए ।

टाइगर उपनामले परिचित दीपेन्द्रसिंह ऐरी मात्र १ रनमा आउट भए । सोमपाल कामी शून्य रनमा नै आउट भए । त्यसपछि कप्तान रोहित पौडेल आउट भए । त्यसपछि छक्कासहित राम्रो ब्याटिङ गरिरहेका करण केसी आउट भए । छक्कासहित १५ बलमा १४ रन जोडर गुल्सन झा आउट भए । लगत्तै आएका अविनास बोहोरा शूल्य रनमा नै डकआउट भए ।

पौडेलले ३७ बलमा संघर्षपूर्ण ३५ रन जोडे । दीपेन्द्र सिक्स हिटरको रुपमा विश्वभर चिनिएका थिए । कीर्तिमानी छक्का समेत प्रहार गरेका खेलाडी हुन् । आज उनले ६ बल हिर्काएर मात्र १ रन जोडेर आउट हुन पुगे । यो क्षणमा नेपालीका लागि निक्कै गाह्रो भएको थियो ।

कप्तान रोहित पौडेल २ रनमा बालबाल बचेका थिए । आसिफ मात्र ४ रन बनाएर आउट भए । कुशल भुर्तेल ७ रन र अनिल साह ११ रनमा आउट भए । कुशल मल्ल ९ रनमा आउट भए । करण केसी १२ बलमा १७ रन जोडेर आउट भए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस