२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानका लागि विश्वकप जित्नुभन्दा भारतलाई हराउनु ठूलो भन्ने आदेश रिजवानले खुलाए

काठमाडौं । टी–२० विश्वकप सुरु भएको छ । तर, सबैभन्दा चर्चित खेल जुन ९ मा न्युयोर्कमा हुँदैछ । त्यस दिन भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ । यी दुई टोली देशका हिसाबमा एक अर्का शत्रु देश हुन् । तर खेलमा सहभागी छन् । टी–२० विश्वकपमा दुवै टोली अहिलेसम्म सात पटक आमनेसामने भएका छन् ।

जसमध्ये भारतले ६ खेल जितेको थियो भने २०२१ मा पाकिस्तानले १० विकेटले जितेको थियो। शाहीन अफ्रिदीको घातक बलिङका अगाडि केएल राहुल, रोहित शर्मा र विराट कोहलीले कुनै सफलता पाउन सकेनन् ।

तर, भारतले २०२२ मा मेलबर्नमा बदला लियो। सन् २०२१ मा पाकिस्तानको जितका नायक बनेका मोहम्मद रिजवानले अब भारतविरुद्धको खेललाई लिएर बयान दिएका छन् । पाकिस्तानी फ्यानहरु माझ यो निकै भाइरल भैरहेको छ । उनले भनेका छन् बरु विश्वकपमा हामी हार्न सक्छौ तर भारतसँग हार सहन सक्दैनौं । अहिले रिजवानले यसबारे बयान दिएका छन् ।

भारतविरुद्धको खेलअघि रिजवानले रमीज राजालाई सम्झेका छन् । उनले पाकिस्तानी खेलाडीहरूलाई पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्षको सन्देशको स्मरण गराए । जसका कारण उनीहरूले २०२१ मा जित हासिल गरेका थिए। रिजवानले खुलासा गरे कि रमीजले खेलाडीहरूलाई जे भए पनि भारतविरुद्धको खेल जित्न भनेका थिए। उनले भने, ‘हामीले २०२१ (विश्वकपमा) पहिले भारतलाई कहिल्यै हराउन सकेका थिएनौँ । रमीज राजाले हामीलाई भेटेर भने, भारतलाई हराउनुपर्छ ।

जब उनी पहिलो पटक पीसीबी अध्यक्ष बने, तब उनले टोलीमा यो सोच विकास गर्न थाले। जसरी हामी विश्वकपको नजिक पुग्यौं, उनले भने– ‘तिमीले ट्रफी जित्छौ वा जित्दैनौं तर भारतसँग हार्नु हुँदैन । यो पटकपनि हामी भारतसँग हार्नु हुन्न उनले भने ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस