२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिने खालको छ’ : अर्थमन्त्री पुन

२२ जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी ल्याएको बताएका छन् । राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको मंगलबार जवाफ दिँदै अर्थमन्त्री पुनले सन्तुलित बजेट ल्याएको बताएका हुन् ।

उनले आगामी वर्षको बजेट सातै प्रदेशलाई समानरुपमा बजेट वितरण गर्ने र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेको दाबी गरे । उनले भने, ‘विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिँदै, रोजगारी सृजना गर्दै अर्थतन्त्रलाई मजबुत बनाउँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको छ ।’

उनले आगामी वर्षको बजेटमा ५ प्राथमिकता र ५ उद्देश्य लिएको स्मरण गराए । उनीभन्दा अघि बोलेका सांसदहरूले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य महत्त्वाकाङ्क्षी रहेको,घोषित कार्यक्रम कार्यान्वयनमा चुनौतीपूर्ण, ठुलो आकार र वितरणमुखी भएको, वैदेशिक अनुदान र ऋणको लक्ष्य भेट्न कठिन रहेको लगायतका विषय उठाएका थिए ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस