२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजेन्द्र लिङदेनले अर्थमन्त्री खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित

२२ जेठ , काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । संसदमा बजेटसम्बन्धि छलफल जारी रहेका बेला अर्थमन्त्री बर्षमान पुन उपस्थित नभएको बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

बजेट सम्बन्धि छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए । सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केहि समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै उनले बोल्न नमानेका हुन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस