२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य आज १७ सय बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

२२जेठ, काठमाण्डौँ ।  सोमबार तोलामा एक हजार घटेको सुनको मूल्य आज एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ४२ हजार सात सय कायम भएको छ। त्यसैगरी तेजाबी सुनको मूल्य एक लाख ४२ हजार छ ।

चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य एक हजार ८ सय ६० कायम भएको महासंघले जनाएको छ।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको थियो । सोमबार छापावाल सुन १ लाख ४१ हजार, तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो चाँदी १ हजार ८ सय ३५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस