२१ जेठ, काठमाडौँ । आज नेप्से सूचकमा दोस्रो दिन झन्डै ४ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.९७ अंकले घट्दै २ हजार ७९.०७ अंकमा झरेको हो ।
नेप्से सूचक घटेसँगै आज कारोबार समेत घटेको छ । नेप्सेका अनुसार आज ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन १३ अंकमाथिले नेप्से बढेको बजारमा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
२४७ कम्पनीको सेयर कारोबार भएकोमा आज ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको मूल्य घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज माइक्रो फाइनान्स समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।