२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनले काटेको सडक सडक विभागले धमाधम पिच गर्दै

२१ जेठ, काठमाडौँ । काठमाडौं न्यूरोडमा सडक विभागले गरेको पिच रोक्ने महानगर प्रहरीको प्रयास असफल भएको छ । प्रहरी समेत उपस्थित भएपछि नगर प्रहरी फर्किएका छन् ।

केही दिनअघि काठमाडौं महानगरले फुटपाथ फराकिलो बनाउने भन्दै सडकका किनारा भत्काएको थियो । भत्काएको सडक आज सडक विभागले पुरेर पहिलाकै अवस्थामा फर्काउन थालेको हो । सडक विभागले काम थालेको थाहा पाएपछि मेयर बालेन्द्र साहले नगर प्रहरी पठाएर रोक्ने कोशिस गरेका थिए ।

नगर प्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवादको अवस्था सिर्जना भएको थियो । केही स्थानीयले नगर प्रहरीविरुद्ध नाराबाजी समेत गरेका छन् । त्यसपछि घटनास्थलमा नेपाल प्रहरी प्रवेश भएको थियो । प्रहरीको प्रवेशपछि नगर प्रहरी हच्किदै अहिले फर्किएका छन् । सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन् । स्थानीयवासीहरु भने विभाजित देखिन्छन् । कसैले सडक विभागलाई साथ दिएका छन् भने कसैले विरोध पनि गरेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस