२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

२० जेठ, काठमाण्डौँ । नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको आज २२ करोड ६४ लाख बढीको सेयर कारोबार भएको छ । आज पोखरा फाइनान्सको १८ करोड ७० लाख,फर्स्ट माईक्रोफाइनान्सको १४ करोड ७ लाख,अपर लोहोरे खोलाको १२ करोड ४४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ७ लाख बढीको सेयर कारोबार भयो ।

आज मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ८.८५ प्रतिशत,अपर सोलु हाईड्रोको ८.४८ र माई खोला हाईड्रोको सेयरमूल्य ८.०२ प्रतिशतले बढ्यो ।

आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ९.१३ प्रतिशतले घट्यो । यो दिन युनिलिभर कम्पनीको सेयरमूल्य ७.८८ प्रतिशतर पोखरा फाइनान्सको सेयरमूल्य ५.२५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस