२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोवार रकम कति ?

जेठ २०, काठमाडौँ । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणयता निरन्तर घटेको बजार आज भने १३.५१ अंकले बढेको हो । यो सँगै नेप्से परिसूचक २०८३ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर ३२५ कम्पनीको ९६ करोड ९७ लाख २०६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भनेर स्थिर छ ।

यस दिन १० उपसूचकमा हरियाली छाएको छ भने ३ उपसूचक राताम्य बनेको छ । यस दिन मल्टीपपर्स फाइनान्स, र मकर सुरिमाया हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक, युनिलिभर नेपाल, पोखरा फाइनान्स लगायत कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ ।

कारोबार रकमको आधारमा भने नेपाल फाइनान्स कम्पनी अब्बल देखिएको छ । यस कम्पनीको २२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । पोखरा फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, अप्पर लोहरे खोला हाइड्रोपावर लगायत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस