२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दरबार हत्याकाण्डको स्मरणमा दीप प्रज्वलन

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको आज २३ वर्ष पुरा भएको छ । सोही दिनको स्मरण गर्दै शनिबार साँझ नारायणहिटी दरबार परिसरमा विभिन्न राजावादी पार्टी, तथा अभियन्ताहरूले दीप प्रज्वलन गरि राजा वीरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली कार्यक्रममा पूर्वराजकुमार पारस शाह लगायत पूर्वराजपरिवारका सदस्यहरू समेत उपस्थित थिए । यस्तै उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद दीपक बहादुर सिंह र अभियन्ता दुर्गा प्रसाईं लगायतको उपस्थिती रहेको थियो ।

२०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र धिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाह गरी आठजनाको हत्या भएको थियो ।

राजपरिवारका सबै सदस्य सहभागी भएको रात्रिभोजमा भएको हत्याकाण्ड अहिलेसम्म कसरी भयो भन्ने तथ्य सार्वजनिक हुन सकेको छैन । दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । षड्यन्त्रको पर्दाफास हुन नसक्दा आजसम्म घटनामाथि आशंका बाँकी नै छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस