२०८१ असोज २२ गते मङ्गलवार | 2024 October 8th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुगुमा यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त

मुगु । मुगुमा यार्सागुम्बा टिप्न गएका दुईजनाको मृत्यु भएको छ । पाटन, ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका निम्ति मुगुगाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२, शोभागाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फागाउँका शोभान बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले यार्सा संकलनमा गएका दुईजनाको मृत्यु भएको र लेक लागेर एकजना सिकिस्त बिरामी भएका बताए । सिकिस्त बिरामी भएका कम्फागाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए ।

गत वर्ष हिउँपहिरोमा परेर यार्सा टिप्न पाटन पुगेका तीन र लडेर एकजनाको मृत्यु भएको थियो । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोङ गाउँपालिकाले गएइको वैशाख २५ गते प्रवेश खुला गरेको हो । रासस

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस